न्युजिल्याण्डविरुद्धको सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप « Khabarhub

न्युजिल्याण्डविरुद्धको सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाले पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ ।

आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई २५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

अष्ट्रेलियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ४२ रन मात्र बनाउन सक्यो ।न्युजिल्याण्ड ग्लेन फिलिप्सले ४७ रन जोड्दा जेम्स निशमले ३६ तथा फिन एलनले ३५ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा क्यामरुन ग्रीन र सिङ एब्बटले २–२ विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६७ रन जोडेको थियो ।अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १ सय ५ रनको शतकीय इनिङ खेले । न्युजिल्याण्डका ट्रेण्ट बोल्टले दुई विकेट लिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ५१ बजे

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको