चिनियाँ कम्पनी बंगलादेशमा कर छलीमा संलग्न « Khabarhub

चिनियाँ कम्पनी बंगलादेशमा कर छलीमा संलग्न


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा चिनियाँ कम्पनीहरुले कर छली गर्ने गरेको पाइएको छ । बंगलादेशी अधिकारीहरुले चीनमा आधारित रहेका कम्पनीहरुले कर छली गर्ने गरेको पत्ता लगाएका हुन् ।

हालैमात्र कोन्डा आर्ट मटेरियल्स बंगलादेश को. लिमिटेड नाम गरेको कम्पनीको शाखा निङ्बो कोन्ठा आर्ट सप्लायर्स ग्रुपले चीनमा बनेका सामानलाई ‘बंगलादेशमा बनेको’ भन्दै ठूलो परिमाणमा राजश्व छली गरेको पाइएको हो ।

उक्त कम्पनीले २ सयभन्दा धेरैपटक यस्ता सामान चीनबाट बंगलादेशतर्फ आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअनुसार बंगलादेशलाई ३५ लाख अमेरिकी डलर हानी भएको बताइएको छ ।

यसबाहेक उक्त कम्पनीले ‘एक्सपोर्ट प्रोसेसिङ जोन’ अर्थात् निर्यात प्रशोधन क्षेत्रको पनि उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

बंगलादेशले आफ्नै मुलुकमा तयारी वस्तु उत्पादन गरी विदेशमा निर्यात गर्नका लागि कच्चा पदार्थको आयातमा छुट दिने गरेको भएपनि यस कम्पनीले चीनबाट नै तयारी वस्तु बंगलादेशतर्फ ल्याएर त्यहाँबाट पुनः अर्को मुलुकतर्फ निर्यात गर्ने गरेको पाइएको हो ।

यसअघि गत जुलाई महिनामा बंगलादेशी सुरक्षाकर्मीले चीनबाट आयात गरिएका २७ सय कार्टन विदेशी मदिरा बरामद गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ५३ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित