आफूविरुद्ध परेको उजुरीको आज जवाफ दिनुपर्ने « Khabarhub

प्रदेश र प्रतिनिधिसभा निर्वाचन :

आफूविरुद्ध परेको उजुरीको आज जवाफ दिनुपर्ने


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ।

आइतबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध सोमबार परेको उजुरीको जवाफ दिनका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध निर्वाचन कार्यालय र सम्बन्धित केन्द्रमा उजुरी परेको छ।

देशैभरका उम्मेदवारविरुद्ध परेको उजुरी पछि आयोगले छानबिन गरी आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना गरिसकेको निर्वाचन कार्यालयले जानकारी गराएको छ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय सीमा पनि तोकिसकिएको छ। सोही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ४५ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा