बाढी र डुबानबाट आठ हजार बढी घरधुरी पीडित | Khabarhub Khabarhub

बाढी र डुबानबाट आठ हजार बढी घरधुरी पीडित


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राँझा– अविरल वर्षाका कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय तीन घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्ष रुपमा पीडित हुन पुगेको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा तीन हजार ५००, नरैनापुर गाउँपालिकामा दुई हजार छ सय ९६, डुडुवा गाउँपालिकामा एक हजार नौ सय ५०, खजुरा गाउँपालिकामा दुई सय ४९, नेपालगन्ज उपमहानगरपालिकामा दुई सय २०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन् ।

बाढी तथा डुबानबाट आठ स्थानीय तहका एक सय ८१ घरधुरीमा पूर्ण क्षति र पाँच सय ९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै एक हजार एक सय ४३ घरधुरी विस्थापित हुन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

आठ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट दुई हजार एक सय ३१ जनाको उद्धार गरिएको छ । राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् । 

उक्त गाउँपालिका– २ टिकुलीपुर गाउँका मात्रै चार सय ५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए । बाढी पीडित स्थानीयवासीलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ । राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : १० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ