काठमाडौंको दश क्षेत्रमा २६५ जनाको उम्मेदवारी  | Khabarhub Khabarhub

काठमाडौंको दश क्षेत्रमा २६५ जनाको उम्मेदवारी 


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् । 

काठमाडौं क्षेत्र नं.१ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.२ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् । 

काठमाडौं क्षेत्र नं.३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् । 

यस्तै, काठमाडौं क्षेत्र नं.५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् । 

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं.८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी काठमाडौं क्षेत्र नं.९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नं.१० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : १५ बजे

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

वाशिङ्टन- अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण

समयअघि फूल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

काठमाडौं- समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार