‘विपक्षीलाई गाली होइन, मित्रवत् व्यवहार गर्नुस्’ « Khabarhub

‘विपक्षीलाई गाली होइन, मित्रवत् व्यवहार गर्नुस्’


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य दलका उम्मेदवार र कार्यकर्तालाई गाली नगर्न र अनास्था नफैलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । सत्ता गठबन्धनभित्र देखिएको चरम असन्तुष्टिले अन्य पार्टीका थुप्रै नेता कार्यकर्ता एमाले उम्मेदवारलाई मतदान गर्न तयार देखिएको भन्दै उनले विपक्षी पार्टीका उम्मेदवार र कार्यकर्तासँग मित्रवत् व्यवहार गर्न आग्रह गरेका हुन् ।

रूपन्देहीको क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पौडेलले अन्य दललाई गाली नगरी आफ्ना विचार जनतामाझ राखेर चुनावका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ को निर्वाचन परिचालन कमिटी घोषणा एवं चुनाव प्रचारप्रसार कार्यालयको मंगलबार तिलोत्तमाको शंकरनगरमा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

रूपन्देहीमा विगतमा अगाडि बढाइएका ठूला आयोजनाहरूलाई कार्यान्वयन गर्न एमालेको जित अपरिहार्य रहेको पनि उनले बताए । ‘विगतमा रुपन्देहीमा जुन खालका ठूला विकासका आयोजना अघि बढेका छन्, तिनलाई कार्यान्वयन गरी रूपन्देहीलाई विकासको रोल मोडलको रूपमा स्थापित गर्न एमालेको जित अपरिहार्य छ,’ पौडेलले भने ।

उनले एमाले सरकारबाट हटेपछि मुलुकमा बेथिति उत्पन्न भएको र यसबाट पार पाउनका लागि एमालेको सरकार अहिले मुलुकको आवश्यकता बनेको जिकिर गर्दै त्यसका लागि मंसिर ४ कुर्न पर्ने बताए । ‘मंसिर ४ पछि एमाले मूल ढोकाबाट सिंहदरबार छिर्छ,’ उनले भने । 

मुलुक आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेको र यही अवस्था कायम रहे  कालोसूचीमा पर्ने खतरा त्यत्तिकै रहेको भन्दै पौडेलले सुशासन, विकास, स्थिरता र मुलुकलाई अग्रगति दिनका लागि अहिलेको सत्तारुढ गठबन्धन असफल भएको बताए ।

उनले बुटवल भैरहवालाई जोडेर मेघासिटीको रूपमा विकास गर्नका लागि आफूले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले प्रदेशसभामा विगतमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै कतिपय अवस्थामा कमी कमजोरी भए पनि कार्यकर्ता र जनताको सुझाव अनुसार अगाडि बढ्ने अठोट व्यक्त गरे । 

त्यस अवसरमा क्षेत्र नम्बर २ प्रदेश सभा १ अन्तर्गत देवी वाग्लेको संयोजकत्वमा प्रदेशसभास्तरीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको थियो । कमिटी घोषणा गर्दै वाग्लेले अव चुनावी अभियान घरघरमा केन्द्रित गर्ने बताइन् । एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले वडास्तरमा पनि निर्वाचन परिचालन कमिटी र प्रचारप्रसार कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ०० बजे

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’