उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड  « Khabarhub

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ पुगेका हुन् ।
 
अध्यक्ष दाहालले भोलि मंगलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । 

पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताए। 

जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उनले बताए।
 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ११ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२