माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन « Khabarhub

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो ।
 
द्वन्द्व व्यवस्थापनपछि गाउँगाउँमा रहेका अवैध हतियारलाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराएको छ । 

आगामी निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए। 

उनका अनुसार इजाजत प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक महिना पश्चात् उनीहरूलाई नै फिर्ता गर्नेगरी हातहतियार धनीहरूलाई नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरूसँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू माघ २० गते भित्र स्थानीय प्रहरी कार्यालयहरूमा अनिवार्य रूपमा बुझाउन आग्रह गरेको उनको भनाइ छ । 

हातहतियार दर्ता गराएर हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेपनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नवीकरणको यथेष्ट तथ्यांक भने छैन । 

नवीकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नवीकरणको विवरण अद्यावधिक हुन नसकेको कार्यालयले जनाएको छ । समयमै हातहतियार नबुझाउनेहरूलाई खोजतलास गरी कानुन बमोजिम कारबाही प्रकृया अघि बढाउने चेतावनी पनि प्रशासनले दिएको छ । 
 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : १५ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका