फेवाताल सफाइ अभियान : दुई हजार टन बढी जलकुम्भी निकालियो « Khabarhub

फेवाताल सफाइ अभियान : दुई हजार टन बढी जलकुम्भी निकालियो


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ ।

महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

उनले भने, ‘फेवाताल पोखराको गहना हो । यसको सुन्दरतालाई जोगाउनु महानगरसहित सबैको दायित्व हो, आजको उपस्थितिले पुष्टि गरेको छ ।’ उनले सबैको सक्रिय सहभागिताले दुई सय ट्रकभन्दा बढी फोहर सङ्कलन गर्न सफल भएको बताए । उनका अनुसार तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार अभियानका क्रममा निकालिएको छ ।

दीर्घकालीन जलकुम्भी व्यवस्थापनका लागि अब अभियानलाई निरन्तरता दिने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने उनले बताए। उनले पर्यटकीय नगरी पोखरामा आउने पर्यटकको पहिलो गन्तव्यका रूपमा रहेको फेवातालको सुन्दरता जोगाउन पर्यटन व्यवसायी तथा होटेल व्यवसायीको साथ पनि आवश्यक रहेको जनाउँदै तालको छेउमा ठूलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ताल संरक्षण तथा सरसफाइमा चासो दिन आग्रह गरे ।

फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटकपटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको जनाउँदै अबका दिनमा त्यसलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याइने पनि उनले जानकारी दिए ।

सरसफाइका लागि फेवाड्याम, ड्यामसाइड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट , नेपाल ट्रष्ट, पाहारी घाट, माछासेक्सन, फेवा घाट, स्वीमिङपुल हल्लनचोक, क्याम्पिङ चोक, खहरे घाट, बङ्गलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाटदुना टपरी, क्यारोनो भाखपौदी र इन्दअफ दि लेकका ३३ वडा पोइन्टहरू निर्धारण गरिएको महानगर प्रवक्ता एवं वडा नं २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ३४ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका