लक्ष्मण थारुको उम्मेदवारी रद्द « Khabarhub

लक्ष्मण थारुको उम्मेदवारी रद्द


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली – ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।

थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार लक्ष्मण थारुले अझै २१ वर्ष कैद भुक्तान गर्नुपर्ने देखियो, निजले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भए पनि उनी अदालतमै उपस्थित नभएका कारण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दफा ३१९६० बमोजिम उनको उम्मेदवारी खारेज गरिन्छ ।’

नाबालक सहित राष्ट्र सेवाका कर्मचारीको ज्यान जाने गरी भएको टिकापुर घटनामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा लक्ष्मण चौधरी विरुद्ध उजुरी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरीको जवाफ मागेपछि लक्ष्मण थारुले जवाफ दिएका थिए । उनको जवाफ वारिस्नामा मार्फत बुंदिलाल चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : २८ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा