जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता « Khabarhub

जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जुम्ला -एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

आज विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उहाँले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको बताए ।

प्रजिअ केशरीले भने, ‘गुठीचौर गाउँपालिकामा एक र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै एक जना अझै बेपत्ता रहेका छन् । सदरमुकाम खलङ्गामा विद्युत्, सञ्चार एक सातादेखि अवरुद्ध छ ।’

उनका अनुसार जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा र दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिपूर्तिको एकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागि परेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार अझै दुई सातासम्म राजमार्ग सञ्चालन हुने छैन । सडक डिभिजन कार्यालयले सडकमा डोजर लगाएको छ । नाग्म गमगडी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको कार्यालयले जनाएको छ ।

तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए ।

स्थानीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य र समन्वय गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिइएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिए।

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घर पूर्णरूपमा क्षति भएको जानकारी दिए । सिञ्जाका सबै वडामा भएको क्षतिपूर्तिको तथ्याङ्क सङ्कलन गर्न वडाध्यक्षलाई खटाइएको उनको भनाइ थियो । अविरल वर्षाले धानबालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्याङ्क सङ्कलन गर्न लगाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ४८ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ