पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति « Khabarhub

पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी – पहिराले बैतडीका चार घर र एक विद्यालयमा क्षति पु¥याएको छ । लगातारको वर्षाका कारण खसेको पहिराले जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छरछ कोठे घर भत्किएका हुन् ।

घर माथिबाट खसेको पहिरोले घर भत्किएका हुन् । पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

यस्तै पत्थरले छाएका घर भत्किँदा गोठमा बाँधेका पशुचौपाया घाइते भएको बताइएको छ । पहिरोले घर भत्किँदा गोठमा बाँधेका दुई भैँसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका जनाइएको छ । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका स्थानीय लोकबहादुर कुँवरले जानकारी दिए ।

पहिराकै कारणले सिगास गाउँपालिका–५ हरडाखानीका रामसिंह धामी र प्रेमसिंह धामीको घरमा पहिरोले क्षति पु¥याएको छ ।

स्थानीय पद्म साउँदका अनुसार पहिरोले दुवै जनाको घर पूर्णरूपमा क्षति भएको छ । पहिरोले घर भत्काएपछि अहिले धामी परिवार छिमेकीको शरणमा बस्दै आएका छन् ।

वर्षाका कारण एक विद्यालय भवन पनि भत्किएको छ । पाटन नगरपालिका–३ बुङ्डास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो ।

वर्षाकै कारण घरको आँगनबाट पहिरो जाँदा दोगडाकेदार–४ ढाणका अम्बादत्त भट्टको घर जोखिममा परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मानसिंह पन्तले बताए।

यस्तै दोगडाकेदार–३ कलौनामा पहिरोले खेत बगाएको छ । पाँच दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : १६ बजे

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर