लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग | Khabarhub Khabarhub

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बेरुत – राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो।

राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ। आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ।

केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ। सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधी उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो।

बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ। लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना विरामी देखिएका छन्। साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ।

यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए। त्यसयता यहाँ हैजाको सङ्क्रमण फैलिएको हो।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : २८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस