सत्ता गठबन्धनबाटै ‘कर्नर’ मा माधव नेपाल « Khabarhub

सत्ता गठबन्धनबाटै ‘कर्नर’ मा माधव नेपाल

भागबण्डामा मूश्किलको संघर्ष, चुनावमा अन्तरघातको खतरा !


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाल सँधै सत्ता वा नेतृत्वमा बस्ने रुचाउने नेता हुन् । उनी जहाँ जतिसुकै सम्मानित भएपनि उनलाई कुर्सी र फूर्ति बराबर चाहिन्छ ।

एमालेबाट फुटाएर नयाँ पार्टी बनाउनुको उनको तात्पर्य नै अध्यक्ष बन्नु थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला संसद् विघटन गरेपछि उनले त्यसविरुद्ध विद्रोह मात्रै गरेनन् । पार्टी नै फुटाएर प्रचण्डको कित्तामा उभिए ।

प्रचण्डकै मनोबलमा माधव नेपालले पार्टी बनाए । अध्यक्ष बने । सरकारमा सामेल भए । आफ्ना नेताहरूलाई सरकारमा पठाए । मन्त्री बनाए । यति गर्दा चुनाव आएपछि उनले सत्ता गठबन्धनसँग तालमेल गरेर गतिलै भागबन्डा पनि हात पारे ।

तर उनले यतिबेला जसरी भागबण्डामा सिट हात पारेका छन् । त्यसरी तल्लो तहमा रहेका उनका नेता कार्यकर्ताले भने कांग्रेस र माओवादीको साथ पाउन सकेका छैनन् । यतिबेला उम्मेद्वार बनेका नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताले जसरी वाम गठबन्धनको बेला एकलौटी साथ र सहयोग तथा विश्वास पाएका थिए ।

अहिले कांग्रेस, माओवादीले खुलेर समाजवादीका उम्मेदवारलाई साथ दिन गाह्रो मानिरहेका छन् । कतिपय ठाउँमा टिकट नपाउँदा पनि समाजवादीका उम्मेद्वार बागी उठेका छन् । उनीहरूको बागीले एमालेलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।

 पछिल्लो देश दौडाहाको चुनावी दौडमा प्रचण्ड र शेरबहादुर देउवा सँगसँगै देखिएका छन् । माधव नेपाल रौतहटमै केन्द्रित छन् । उनले समय नदिएका हुन् वा चुनावी गठबन्धनका दौडमा सँगसँगै जान नसकेका । तर विस्तारै सत्ता गठबन्धनबाटै उनी कर्नरमा परिरहेका छन् ।

जसरी कांग्रेस र माओवादीको संगठन देशभर छ । त्यसरी समाजवादीको संगठन छैन । संगठन नहुँदाको मार अहिले माधव नेपालले भोगिरहेका छन् । यसपटक सिट पाएजत्तिकै ठाउँमा चुनाव जितेपनि माधव नेपाल अर्को पटक बलियो ठाउँमा उभिन सक्छन् ।

तर यसपटक कांग्रेस र माओवादीले विश्वास नगरी भोट हाल्न नसकेको खण्डमा भने माधव नेपाललाई ठूलो नोक्सानी पुग्नेछ । यदि उनले टिकट दिएका उम्मेद्वार हारेको खण्डमा पनि उनीहरु माधव नेपालभन्दा पुरानै पार्टी एमालेमा फर्किन सक्छन् ।

यसर्थ पनि यतिबेला सत्ता गठबन्धनबाटै कर्नरमा परेका माधव नेपाल विस्तारै नेपाली राजनीतिमा कर्नरमा पर्ने सक्ने चिन्ता पनि छ । एकातिर कांग्रेस र माओवादी जस्ता ठूला पार्टीका लागि नै स्वतन्त्र उम्मेद्वार र नयाँ पार्टी चुनौति बनेका बेला त्यसको धेरथोर असर माधव नेपाललाई पनि पर्ने निश्चित छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : २६ बजे

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको