सत्ता गठबन्धनबाटै ‘कर्नर’ मा माधव नेपाल | Khabarhub Khabarhub

सत्ता गठबन्धनबाटै ‘कर्नर’ मा माधव नेपाल

भागबण्डामा मूश्किलको संघर्ष, चुनावमा अन्तरघातको खतरा !


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाल सँधै सत्ता वा नेतृत्वमा बस्ने रुचाउने नेता हुन् । उनी जहाँ जतिसुकै सम्मानित भएपनि उनलाई कुर्सी र फूर्ति बराबर चाहिन्छ ।

एमालेबाट फुटाएर नयाँ पार्टी बनाउनुको उनको तात्पर्य नै अध्यक्ष बन्नु थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला संसद् विघटन गरेपछि उनले त्यसविरुद्ध विद्रोह मात्रै गरेनन् । पार्टी नै फुटाएर प्रचण्डको कित्तामा उभिए ।

प्रचण्डकै मनोबलमा माधव नेपालले पार्टी बनाए । अध्यक्ष बने । सरकारमा सामेल भए । आफ्ना नेताहरूलाई सरकारमा पठाए । मन्त्री बनाए । यति गर्दा चुनाव आएपछि उनले सत्ता गठबन्धनसँग तालमेल गरेर गतिलै भागबन्डा पनि हात पारे ।

तर उनले यतिबेला जसरी भागबण्डामा सिट हात पारेका छन् । त्यसरी तल्लो तहमा रहेका उनका नेता कार्यकर्ताले भने कांग्रेस र माओवादीको साथ पाउन सकेका छैनन् । यतिबेला उम्मेद्वार बनेका नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताले जसरी वाम गठबन्धनको बेला एकलौटी साथ र सहयोग तथा विश्वास पाएका थिए ।

अहिले कांग्रेस, माओवादीले खुलेर समाजवादीका उम्मेदवारलाई साथ दिन गाह्रो मानिरहेका छन् । कतिपय ठाउँमा टिकट नपाउँदा पनि समाजवादीका उम्मेद्वार बागी उठेका छन् । उनीहरूको बागीले एमालेलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।

 पछिल्लो देश दौडाहाको चुनावी दौडमा प्रचण्ड र शेरबहादुर देउवा सँगसँगै देखिएका छन् । माधव नेपाल रौतहटमै केन्द्रित छन् । उनले समय नदिएका हुन् वा चुनावी गठबन्धनका दौडमा सँगसँगै जान नसकेका । तर विस्तारै सत्ता गठबन्धनबाटै उनी कर्नरमा परिरहेका छन् ।

जसरी कांग्रेस र माओवादीको संगठन देशभर छ । त्यसरी समाजवादीको संगठन छैन । संगठन नहुँदाको मार अहिले माधव नेपालले भोगिरहेका छन् । यसपटक सिट पाएजत्तिकै ठाउँमा चुनाव जितेपनि माधव नेपाल अर्को पटक बलियो ठाउँमा उभिन सक्छन् ।

तर यसपटक कांग्रेस र माओवादीले विश्वास नगरी भोट हाल्न नसकेको खण्डमा भने माधव नेपाललाई ठूलो नोक्सानी पुग्नेछ । यदि उनले टिकट दिएका उम्मेद्वार हारेको खण्डमा पनि उनीहरु माधव नेपालभन्दा पुरानै पार्टी एमालेमा फर्किन सक्छन् ।

यसर्थ पनि यतिबेला सत्ता गठबन्धनबाटै कर्नरमा परेका माधव नेपाल विस्तारै नेपाली राजनीतिमा कर्नरमा पर्ने सक्ने चिन्ता पनि छ । एकातिर कांग्रेस र माओवादी जस्ता ठूला पार्टीका लागि नै स्वतन्त्र उम्मेद्वार र नयाँ पार्टी चुनौति बनेका बेला त्यसको धेरथोर असर माधव नेपाललाई पनि पर्ने निश्चित छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : २६ बजे

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता