वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र ऋतिक फाइनलमा « Khabarhub

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र ऋतिक फाइनलमा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएर उपाधि नजिक पुगेका हुन् । प्रदीपले फाइनलमा ऋतिक रानासँग प्रतिस्पर्धा गर्नेछन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र ६–३ ले पराजित गरे । महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ ।

अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६–३ र ६–३ ले हराईन् । सुनीराले शर्भानी श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरिन् । पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते । फाइनलमा कमलले जितेन्द्र परियारलाई ६–२,०–६ र १०–७ ले पराजित गरे ।

पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे । फाइनलमा महेशले विमल कुमार गुरुङलाई ६–४ र ६–१ ले पराजित गरे ।

पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे । विमलले फाइनलमा उत्तम कुमार लामालाई ६–३ र ६–४ ले पराजित गरे ।

पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे । उनले फाइनलमा ज्ञानेन्द्र मान ताम्राकारलाई ४–२,३–५ र ७–५ ले पराजित गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : २३ बजे

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी