स्वतन्त्रका लागि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल « Khabarhub

स्वतन्त्रका लागि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् ।

सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौँ शहीदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन।

ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री भुसालले भने, ‘लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।’

आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उनले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ०८ बजे

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत