इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा « Khabarhub

इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक-एक गोल गरे।इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी गोल फर्काए। केन अर्को एउटा पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको कतार विश्वकप यात्रा टुंगिएको हो।

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि गोल गर्दै चुवामेनीले सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १ शून्य गोल अन्तरमा सकिएको खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ को बराबरीमा फर्काएका थिए।

खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए। फ्रान्सका लागि दुवै गोलको पास ग्रिजम्यानले मिलाएका थिए। खेलको ८४ मिनेटमा इंग्ल्यान्डले पाएको पेनाल्टीको सदुपयोग नगर्दा उसले विश्वकप यात्रा टुंग्याएको हो।

अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ। शनिबार राति पोर्चुगललाई १ शून्यले पराजित गर्दै मोरक्कोले सेमिफाइनल यात्रा तय गरिसकेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : २० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र