गुल्मीको कफी जापान र फ्रान्स निर्यात « Khabarhub

गुल्मीको कफी जापान र फ्रान्स निर्यात


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा- गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत निर्यात हुँदै आएको छ ।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसानको आकर्षण बढेको छ ।

बढ्यो आकर्षण

गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफी खेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफी खेती गरिरहेका उनीहरूले बीस हजार कफीका बिरुवा रोपेका छन् ।

“विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै मेहनत गरौँ भन्ने सोचले कफी खेती सुरु गरेका हौँ” बेलबासेले भने । मनोज र सरोजले गरेको कफी खेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गत वर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफी खेतीमा उनीहरूले हालसम्म ५१ लाख लगानी गरिसकेका छन्। कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरूले रोजगारी समेत दिएका छन् ।

उनीहरू मात्रै होइन आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् ।

आँपचौरकी किसान कपिला खरेलको कपिला कृषि तथा पशुपक्षी फर्म छ । व्यवसायीक रूपमा कफी खेतीसँगै केरा खेती र कुखुरा पालन पनि गरेकी छिन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफी खेती बिस्तारका लागि छहारी निर्माणमा लागेकी  छिन् ।

आँपचौरकै दुर्गा खरेलले पनि कफी खेतीलाई बगैँचाका रूपमा विस्तार गरेकी छिन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएकी छिन् । “कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो” उनले भनिन् ।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका ५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किँदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।

कफीको सुरुआत भएको झन्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : २४ बजे

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की– पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ