प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ सांसदको प्रतिनिधित्व रहने « Khabarhub

प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ सांसदको प्रतिनिधित्व रहने


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षमार्फत ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् ।

मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट २१ जना सहभागी हुने भएका हुन् ।

२७५ जना रहने प्रतिनिधिसभामा ५३ जना सहभागी हुने भएपछि यस प्रदेशबाट १९.२७ प्रतिशतको प्रतिनिधित्व रहने भएको हो । समानुपातिकबाट १६ महिला र ५ पुरुष सहभागी हुनेछन् ।

जसमध्ये एमाले र कांग्रेसले मधेश प्रदेशबाट ६–६ जनाको नाम सिफारिस गरेका छन् । साथै जनमत पार्टीले तीनजना, माओवादी केन्द्रले दुई, जसपाले दुई जना, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र राप्रपाले एकजनाको नाम सिफारिस गरेको छ । २१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँचजना पुरुष रहेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : २५ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको