पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति | Khabarhub Khabarhub

पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए ।

आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, डिएसएलआर क्यामरा, फोटोकपी, प्रिन्टर, कुर्सी टेबलसहितका सामाग्री जलेको सञ्चालक विमल पौडेलले जानकारी दिए । आगलागीबाट पसलको सामाग्री जल्नुको साथै कोठाको ढोका, सटर, सिलिङ र भित्तामा समेत क्षति पुगेको छ । घरधनी भण्डारीले माथिल्लो तलामा रहेको कोठाका ३ वटा झ्याल फुट्नुको साथै, पिल्लर र भित्तो चर्किएको बताए । उनले बरण्डामा सुकाएको कपडासमेत जलेको बताएका छन् ।

आगोको लप्काले सोही घरमा रहेको होटल र हेयर कटिङ पसलमा समेत क्षति भएको छ । आगोले छिमेकी बुद्धीबहादुर तामाङको घरका सिसासमेत फुटाएको स्थानीयले बताएका छन् ।

खुदी प्रहरी चौकीका सई प्रेमराज शर्माका अनुसार पुस्तक पसलको १२ लाख, घरको ६ लाख, बसिर हेयर कटिङ पसलको १ लाख, गौमाया गुरुङको खाजा पसलको ४० हजार, बुद्धीबहादुर तामाङको घरमा २० हजार बराबरको क्षति पुगेको छ । पुस्तक पसलका प्रोप्राइटर पौडेलले भने आफ्नो पसलको मात्र १५ लाख बराबरको क्षति भएको दावी गरेका छन् ।

राती वर्ल्डकप फुटबल खेल हेरेर फर्किएका स्थानीय युवाहरुले आगलागी भएको देखेका थिए । उनीहरूले वरपरकालाई सुचित गरि सुरक्षित स्थानमा सार्नुका साथै पानी हालेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ४९ बजे

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट