लमजुङको सुन्दरबजारमा ४ हजारभन्दा धेरै घरमा मिटरजडित धारा निर्माण | Khabarhub Khabarhub

लमजुङको सुन्दरबजारमा ४ हजारभन्दा धेरै घरमा मिटरजडित धारा निर्माण


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको सुन्दरबजार नगरपालिकाका चार हजारभन्दा बढी घरमा मिटरजडित धारा निर्माण भएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा चार हजार दुई सय ६५ घरधुरीमा धारा जडान गरेको हो ।

स्वच्छ पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मध्यनजर गरी घरघरमा खानेपानीको धारा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार खानेपानीको अभाव भएका क्षेत्रमा, खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता भएका क्षेत्रमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको माध्यमबाट नागरिकलाई शुद्ध खानेपानीको व्यवस्थापन गरिएको बताए । घरघरमा धारा बनेपछि नागरिकले खानेपानीका लागि दुःख भोग्न नपरेको बताए।

नगरपालिकाका योजना अधिकृत एवं सूचना अधिकारी ऋषिराम पौडेलका अनुसार वडा नम्बर ५ मा एक घर एक धारा कार्यक्रममार्फत तीन सय ४४ घरमा खानेपानीको धारा निर्माण गरिएको हो । यस्तै, वडा नम्बर ६ मा सात सय २३ घरमा, वडा नम्बर ७ मा आठ सय १३ घरमा खानेपानीको धारा निर्माण भएको छ ।

वडा नम्बर ८ मा चार सय ७२ वटा, वडा नम्बर ९ मा एक हजार तीन सय ६१ वटा र वडा नम्बर १० मा दुई सय घरमा खानेपानीको धारा निर्माण भएको पौडेलले बताए । यस्तै, वडा नम्बर १ मा एक घर एक धारा कार्यक्रम सञ्चालन नभए पनि तीन सय ५२ घरधुरीमा मिटरजडित धारा जडान गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले घरघरमै खानेपानीको सुविधा हुँदा नागरिकलाई सहज भएको बताए ।

खानेपानीका लागि समस्या भएको नागरिकको गुनासो आएपछि कार्यक्रम सञ्चालन गरिएको हो । घरमै धारा बनेपछि नागरिकको समय बचत भएको छ । घरमै मिटरजडित धारा भएकाले कुवा, खोल्साहरुमा पुग्न परेको छैन । सामूहिक धारामा कुरेर बस्नुपर्ने बाध्यता टरेको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ०० बजे

बढुवा भएका चार एसएसपीको कार्यक्षेत्र तोकियो

काठमाडौं । बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन

जेठमा एक खर्बको शेयर कारोबार, ११३ अङ्कले बढ्यो नेप्से

काठमाडौं – जेठ महिनामा नेपालको शेयर बजारमा उत्साह जागेको देखिएको

सदस्यता बिवादबारे महासंघले जबरजस्ती गरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस

युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्ने जी ७ सम्मेलनमा सहमति

बारी – रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि

राष्ट्रपतिले जेनेभामा भने : जलवायु परिवर्तनको दोष नेपाललाई दिन मिल्दैन

जेनेभा (स्विटजरल्याण्ड ) – राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा