लमजुङको सुन्दरबजारमा ४ हजारभन्दा धेरै घरमा मिटरजडित धारा निर्माण « Khabarhub

लमजुङको सुन्दरबजारमा ४ हजारभन्दा धेरै घरमा मिटरजडित धारा निर्माण


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको सुन्दरबजार नगरपालिकाका चार हजारभन्दा बढी घरमा मिटरजडित धारा निर्माण भएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा चार हजार दुई सय ६५ घरधुरीमा धारा जडान गरेको हो ।

स्वच्छ पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मध्यनजर गरी घरघरमा खानेपानीको धारा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार खानेपानीको अभाव भएका क्षेत्रमा, खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता भएका क्षेत्रमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको माध्यमबाट नागरिकलाई शुद्ध खानेपानीको व्यवस्थापन गरिएको बताए । घरघरमा धारा बनेपछि नागरिकले खानेपानीका लागि दुःख भोग्न नपरेको बताए।

नगरपालिकाका योजना अधिकृत एवं सूचना अधिकारी ऋषिराम पौडेलका अनुसार वडा नम्बर ५ मा एक घर एक धारा कार्यक्रममार्फत तीन सय ४४ घरमा खानेपानीको धारा निर्माण गरिएको हो । यस्तै, वडा नम्बर ६ मा सात सय २३ घरमा, वडा नम्बर ७ मा आठ सय १३ घरमा खानेपानीको धारा निर्माण भएको छ ।

वडा नम्बर ८ मा चार सय ७२ वटा, वडा नम्बर ९ मा एक हजार तीन सय ६१ वटा र वडा नम्बर १० मा दुई सय घरमा खानेपानीको धारा निर्माण भएको पौडेलले बताए । यस्तै, वडा नम्बर १ मा एक घर एक धारा कार्यक्रम सञ्चालन नभए पनि तीन सय ५२ घरधुरीमा मिटरजडित धारा जडान गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले घरघरमै खानेपानीको सुविधा हुँदा नागरिकलाई सहज भएको बताए ।

खानेपानीका लागि समस्या भएको नागरिकको गुनासो आएपछि कार्यक्रम सञ्चालन गरिएको हो । घरमै धारा बनेपछि नागरिकको समय बचत भएको छ । घरमै मिटरजडित धारा भएकाले कुवा, खोल्साहरुमा पुग्न परेको छैन । सामूहिक धारामा कुरेर बस्नुपर्ने बाध्यता टरेको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ०० बजे

ब्राजिल विश्वकप समूह सी’ को विजेता : ह्याट्रिक गर्न चुके विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६