मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला « Khabarhub

मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन् ।

उनका अनुसार मृतक वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको भनी सूचना आएपछि आज बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

ती महिलाको हत्या भएको आशङ्का गरिएको छ । हाल घटनास्थलमा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय भीमफेदीको टोली, इन्द्रसरोवर प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ५४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो