अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या | Khabarhub Khabarhub

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भएपनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् ।

पाल्पाबाट बुटवल गएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुपर्यो । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उनी भन्छिन्, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ ।” शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनको भनाइ छ । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाले भनिन् ।

गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा थिइन् । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनलाई अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताइन् ।

अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आएका छन् । अटिजम मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ ।

रुरुक्षेत्रका अगुवा स्थानीय समाजसेवीको पहलमा विसं २०७४ अटिजम पाठशाला नेपाल स्थापना भएको थियो । पाठशालामा अहिले १४ जना अटिजम भएका बालबालिका सिकाइका लागि आउँछन् । पाठशालाका लागि लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको कूल ६० लाख रुपैयाँ सहयोगमा पाँच कोठाको भवन बनेको छ । पाठशालामा शिक्षक नभएपछि तीनजना अभिभावकले एकापसमा बालबालिकालाई सिकाउँदै आएका छन् । उनीहरूलाई पाठशालाले स्वयंसेवक शिक्षक भनेको छ ।

अटिजम पाठशाला नेपालकी अध्यक्ष अमृता भण्डारी पाठशालामा शौचालयको अभाव, भान्साकोठाको अभाव र शिक्षक नहुँदा समस्या झेल्नुपरेको बताउँछिन् । “अगुवा समाजसेवीको पहलमा हामीले अटिजम पाठशाला खोलेपछि त्यस्ता बालबालिका र उनका अभिभावकलाई राहत भएको छ”, उनले भनिन्, “राज्य तहबाट कुनै शिक्षक नहुँदा हामीले निकै सास्ती खेप्नुपरेको छ ।”

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरि ज्ञवालीले गाउँपालिकाका तर्फबाट पाठशालामा सहयोग रहने बताए । उनले छिट्टै शिक्षक कर्मचारीको अभाव नहुने गरी व्यवस्थापन गर्ने र माथिल्लो निकायमा पनि शिक्षकका लागि पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ०४ बजे

हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि

काठमाडौं– हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

समाचार सङ्कलनमा खटिइएका चार पत्रकार घाइते 

काठमाडौं– ‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका

खेलकुदमन्त्रीले भने- जेनजी पुस्तालाई समेट्ने किसिमको युवा नीति ल्याएका छौँ

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

‘मानव अधिकार आयोगको गाडीमा आगजनी’

काठमाडौं– जेन-जी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग