प्रतिनिधिसभामा कैलाली १ का तीन महिलाको प्रतिनिधित्व हुने निश्चित « Khabarhub

प्रतिनिधिसभामा कैलाली १ का तीन महिलाको प्रतिनिधित्व हुने निश्चित


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा कैलाली निर्वाचन क्षेत्र नं १ का तीन जना महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रकी रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो ।

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीले पहिलो पटक संसद यात्रा गर्दा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिइसकेका छन् । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नी समेत रहेकी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुन् ।

समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये नेपाली कांग्रेसले डा. आरजु राणा देउवा (डडेलधुरा) र ईश्वरी न्यौपाने (कैलाली) र माओवादीले रुपा स्वसी चौधरीलाई (कैलाली) बाट सिफारिस गरेको छ ।

अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य रहेको छ । एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली डोटी र निरुदेवी पाल कञ्चनपुरबाट पराजित भएका थिए । यसअघि संविधानसभाको सदस्य रहेकी कांग्रेस नेतृ राणा हाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

यस्तै संविधानसभा सदस्य रहेकी कांग्रेस नेतृ न्यौपाने भने २०७४ को निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचनमा पराजय भएकी थिइन् । माओवादी केन्द्रकी रुपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए ।

हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ बाट प्रतिनिसभामा तीन जना सशक्त महिलाको उपस्थिति देखिएको छ । आ–आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तीनै जना महिला एकै पटक, एकसाथ सङ्घीय संसदमा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले भने, “पाँच वर्ष जनप्रतिनिधिविहीन जस्तै रहेको क्षेत्र नं १ मा एकै पटक तीनजना सशक्त महिला प्रतिनिधिसभामा पुग्नुलाई उपलब्धि मान्न सकिन्छ ।”

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ०९ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित