पाकिस्तानी सेना बलुचिस्तानको विद्रोह दबाउन चिनियाँ ड्रोन प्रयोग गर्दै « Khabarhub

पाकिस्तानी सेना बलुचिस्तानको विद्रोह दबाउन चिनियाँ ड्रोन प्रयोग गर्दै


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलुचिस्तान प्रान्तमा विद्रोह दबाउन पाकिस्तानी सेनाले चीनमा निर्मित चालकरहित हवाई उपकरण ‘ड्रोन’ प्रयोग गर्ने गरेको पाइएको छ । युरेशियन टाइम्सका अनुसार पाकिस्तानले बलुचिस्तानमा विद्रोह दबाउन चीनमा निर्मित सीएच ४बी ड्रोन प्रयोग गर्ने गरेको छ ।

पाकिस्तानी सेनाले बलुचिस्तानको विद्रोह दबाउनका लागि वर्षौँदेखि लडाकु विमान र हेलिकोप्टरको प्रयोग गर्ने गरेको भएपनि चिनियाँ ड्रोन प्रयोग भएकोबारे भने पछिल्लोपटक मात्र खुलासा भएको हो ।

यसअघि पाकिस्तानी सेनाले बलुचिस्तानको बोलन क्षेत्रमा बलुच विद्रोहीविरुद्ध ठूलो स्तरको सैनिक कारवाही गरेको बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनासँग चीन र टर्कीमा निर्मित ड्रोनको भण्डार रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : २० बजे

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन