अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल « Khabarhub

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताएका छन् । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन स्पोर्टस मिटको आज पोखरामा उद्घाटन गर्दै उनले शिक्षा विना समाज विकासको परिकल्पना गर्न नसकिए झै समाजमा अनुशासन कायम गर्न र स्वास्थ्यका लागि खेलकुदको विकास आवश्यक भएको बताए । ।

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने बताए । भविष्यका लागि पनि शिक्षण पद्धतीलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्यक रहेको बताए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल प्याब्सनले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताए । प्याब्सन कास्कीमा एक सय दुई निजी तथा आवासीय विद्यालय सदस्यका रूपमा आबद्ध रहेको र यी विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी र सात हजार तीन सयभन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ४१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित