सांस्कृतिक जगेर्ना गर्न छोम्रोङमा ल्होसार मेला « Khabarhub

सांस्कृतिक जगेर्ना गर्न छोम्रोङमा ल्होसार मेला


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी-  सांस्कृतिक जगेर्नासहित पर्यावरणीय संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा ‘२१औँ सेञ्चुरी ल्होसार मेला’ हुने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पुस १० गतेदेखि १४ गतेसम्म मेला गर्न लागिएको सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । विगत लामो समयदेखि ल्होसार मेला गर्दै आइएको बताउँदै उनले मेलाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मेलामा भलिबल, बास्केटबल, थ्री अन थ्री बास्केटब, छेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियरलगायत प्रतियोगिता समावेश गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गुरुङले बताए ।

भलिबल र बास्केटबलको लागि रु पाँच हजार र ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि रु तीन हजार दर्ता शुल्क तोकिएको छ । मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहित अन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ । अन्नपूर्ण आधार शिविरको पदमार्गमा पर्ने छोम्रोङ यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ०५ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी