‘पर्वत हाँक्ने महिला’ « Khabarhub

‘पर्वत हाँक्ने महिला’


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- संयुक्त राष्ट्र सङ्घले यस वर्षको अन्तर्राष्ट्रिय पर्वतीय दिवसका नारा ‘पर्वत हाँक्ने महिला’ तय गरेको छ । संसारभरि नै पर्वतीय क्षेत्रमा वातावरण संरक्षण र दिगो सामाजिक आर्थिक विकासका लागि महिलाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । पर्वतीय साझेदारीका अनुसार पर्वतीय क्षेत्रको ५० प्रतिशतभन्दा बढी कृषि कार्यमा महिलाहरु नै संलग्न छन् ।

महिलाहरु पर्वतीय स्रोतहरुको प्राथमिक व्यवस्थापक हुनाका साथै जैविक विविधताका अभिभावक, परम्परागत ज्ञानका संवाहक, स्थानीय संस्कृतिका रक्षक र रैथाने औषधिका ज्ञाता हुन् । हाम्रो देशको सन्दर्भमा पनि पशुपालन, वन व्यवस्थापन, घरेलु उद्योग, पर्यापर्यटन, जडीबुटीको संरक्षण, सङ्कलन तथा दिगो उपयोगलाई महिलाले नै धान्दै आएका छन् भने प्रथाजनित अनुपम संस्कृतिको जगेर्ना पनि उनीहरुले गरिरहेका छन् ।

गोष्ठीका सहभागीहरुले पर्वतीय देश नेपालको सभ्यता, संस्कृति, जैविक विविधता, कृषि, उद्योग र पर्यटनलाई महिलाहरुले नै हाँकेका उल्लेख गर्दै पर्वतीय भेग र त्यससँग जोडिएका भूभागका महिला जलवायु परिवर्तन, गरिबी, अशिक्षा, पुरुषप्रधान कुसंस्कार र वातावरण विनाशबाट तुलनात्मक रुपमा बढी प्रभावित रहेको समेत सुनाए ।

दिगो पर्वतीय विकास गर्ने हो भने पर्वतीय महिलाले झेल्नु परेका आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय चुनौती र समस्याको समाधानमा नीतिगत, कानुनी, संस्थागत, कार्यक्रमिक तथा व्यवहारगत प्रयास हुनुपर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ लाई मनाउन गरेका प्रयास, तिनका र उपलब्धिका बारेमा जानकारी गराइएको थियो । साथै पर्वतीय अर्थतन्त्रको प्रवद्र्धन, संस्कृतिको जगेर्ना र वातावरण संरक्षणमा महिलाहरुले निर्वाह गरेको भूमिका एवं जलवायु परिवर्तनले महिलालाई पारेको असरबारे प्रकाश पार्दै दिगो पर्वतीय विकासका लागि लैङ्गिक समानताको महत्वबारे छलफल गरिएको थियो । गोष्ठीमा अर्थतन्त्र, जैविक विविधता, संस्कृति, नीतिनिर्माण, न्याय, कूटनीति, सामाजिक अभियानलगायत पर्वतीय विषयका विविध पक्षमा अगुवाइ गर्ने प्रेरणादायी महिला नेतृत्वहरुले आफ्ना विचार राख्नुभएको थियो ।

सर्वोच्च अदातलका न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यमा र मन्त्रालयका निमित्त सचिव डा बुद्धिसागर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा विमला राई पौड्याल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, प्रधानमन्त्रीका जलवायु परिवर्तन सल्लाहकार डा माधव कार्कीलगायत सहभागी थिए ।

कार्यक्रममा, रेड कार्यान्वयन केन्द्रका प्रमुख डा रामचन्द्र कँडेल, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव डा सिन्धुप्रसाद ढुङ्गाना, मन्त्रालयका उपसचिव विनिता गुरागाईं, अधिकृत दीपा ओली, किर्डाक नेपालका गीता पाण्डे लगायतले दिगो पर्वतीय समाधानमा महिलाको भूमिकालगायत विषयका विभिन्न प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ३२ बजे

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न