सङ्क्रमण फैलिन नदिन प्रशासनले सक्रियता बढायो « Khabarhub

सङ्क्रमण फैलिन नदिन प्रशासनले सक्रियता बढायो


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ ।

छिमेकी मुलुकसहित देशका विभिन्न भागमा सङ्क्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्ने/नगराउने निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले आगामी माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्रै सेवा दिइने उल्लेख छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेसन सेन्टरलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्ने, कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा आगाडि बढाउन स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन सेन्टर तथा अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि सरोकारवालालाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : २८ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य