वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह « Khabarhub

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ दखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।

बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासङ्घले आग्रह गरेको छ ।

सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  २ : ३१ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य