श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ « Khabarhub

श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका ६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।

डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ ।

मंगलबार राति उनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमार २०७१ फागुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका ६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए ।

छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ६ : ०४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित