राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेप बढेको आरोप लगाउँदै काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ। अभियानले नेपालमा चिनियाँ हस्तक्षेप बढेको, अघोषित नाकाबन्दी गरेको, चीनमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको पढाई सुचारु गर्न पहल नगरेको, चिनियाँ राजदूतले कूटनीतिक सीमा नाघेको लगायत आरोप लगाउँदै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा चीन र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बिरुद्ध चर्को नाराबाजी गरिएको थियो। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वको आन्दोलनका क्रममा प्रदर्शनकारीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको तस्बीर समेत जलाए।

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेका थिए। अभियानले हिजो जनकपुरको जनकचोकमा पनि चीन बिरुद्ध प्रदर्शन गरेको थियो। आजै नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहका नाममा माइतिघरमै चीनविरुद्ध विरोध प्रदर्शन भएको थियो।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : १३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी