चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, एक घाइते


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको वालिङ–१० भकुण्डेमा बुधबार दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ । पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : २६ बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर