कतारमा एकैदिन ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिए « Khabarhub

कतारमा एकैदिन ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिए


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्र रुप लिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार १६९ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५७३ समुदायभित्रकै संक्रमित हुन् भने ५ सय ९६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७८ हजार ६९८ पुगेको छ ।

यस अवधिमा ८२८ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि २ लाख ४९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ५७ र ९१ बर्षीय नागरिकको मृत्यु भएसंगै मृतकको संख्या पनि ६२१ पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या २८ हजार ४७० रहेको छ भने ५३९ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ६५ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सय १६ जना कारबाहीमा

संक्रमण तीव्र रुपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु बिरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ४ सय १६ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ३ सय २० जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको ८३ र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा १३ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौँ व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : २८ बजे

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर