प्रदेश १ मा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

प्रदेश १ मा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ को पीसीआर परीक्षण गर्दा २३३ र २८१ को एन्टीजेन परीक्षण गर्दा ३९ मा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा एक–एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११९, बूढीगङ्गामा १३, सुनवर्षी र बेलबारीमा तीन/तीन, उर्लाबारी र सुनवर्षीमा दुई/दुई, कटहरी, धनपालथान र रतुवामाईमा एक/एक, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा पाँच, रामधुनीमा दुई, बर्जु र दुहवीमा एक/एक र स्थानीय तह नखुलेका तीन, झापाको मेचीनगरमा २०, विर्तामोडमा पाँच, भद्रपुर र कनकाईमा दुई/दुई, अर्जुनधारा र दमकमा एक/एक, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा एक/एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आज १० महिलासहित २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ३० बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको