प्रदेश १ मा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

प्रदेश १ मा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ को पीसीआर परीक्षण गर्दा २३३ र २८१ को एन्टीजेन परीक्षण गर्दा ३९ मा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा एक–एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११९, बूढीगङ्गामा १३, सुनवर्षी र बेलबारीमा तीन/तीन, उर्लाबारी र सुनवर्षीमा दुई/दुई, कटहरी, धनपालथान र रतुवामाईमा एक/एक, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा पाँच, रामधुनीमा दुई, बर्जु र दुहवीमा एक/एक र स्थानीय तह नखुलेका तीन, झापाको मेचीनगरमा २०, विर्तामोडमा पाँच, भद्रपुर र कनकाईमा दुई/दुई, अर्जुनधारा र दमकमा एक/एक, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा एक/एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आज १० महिलासहित २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : ३० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण