कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, अस्थायी र स्थायी पास खारेज « Khabarhub

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, अस्थायी र स्थायी पास खारेज


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढेपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरिएको जनाएको छ ।

मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनगर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट जारी भएका उक्त पास खारेज गरिएको गृहले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा नयाँ स्थायी, अस्थायी पास र परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी हुने उल्लेख छ ।

सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट प्रवेश दिइने र ३० गतेदेखि भने आवश्यकता हेरी नयाँ पास दिइनेछ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ९ : १५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित