भीमले व्रत बसेको भीमा एकादशी आज, यस्तो छ महिमा « Khabarhub

भीमले व्रत बसेको भीमा एकादशी आज, यस्तो छ महिमा


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भीमा एकादशी । माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने एकादशीको रुपमा मानिन्छ ।

भीमा एकादशीको ब्रतले भोग र मोक्ष दुवै प्राप्त हुने धार्मिक विश्वास छ । आज भगवान बिष्णुको नाम लिने तथा आराधना गरे, रात्री जाग्राम बसे र बिष्णुको किर्तन गरे श्रीहरीको कृपा प्राप्त हुने मान्यता छ । यस एकादशीमा भगवान बिष्णुलाई धुप, दिप तथा नैवेद्यले पूजा गर्ने धार्मिक परम्परा छ ।

पाण्डव मध्येका माइला भीमसेनले ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक मान्यता छ । भीमले एकादशीको ब्रत बसेका कारण सबै पितृ ऋणबाट मुक्त भएको गरुड पुराणमा उल्लेख छ । भीमा एकादशीको ब्रतले सबै पापहरु नष्ट हुने र मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

भीमा एकादशीका दिन बिष्णुरुपि वराहदेवको स्वर्ण प्रतिमा बनाएर ताम्रपत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दिप प्रज्वलन गरी “ॐ वराहाय नमः“ मन्त्र उच्चारण गरे श्रीहरीको कृपा प्राप्त हुने धार्मीक विश्वास छ । यसरी गरिएको वराह पूजाले समस्त मानव प्राणी पितृ, गुरु र देव तीनै ऋणबाट मुक्त हुने मान्यता छ ।

भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु पत्नि गमन जस्ता पापहरु नास गर्ने शक्ति प्राप्त हुने मान्यता छ । यस एकादशीको व्रत बसे नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सबै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुने मान्यता छ । भीमा एकादशीको ब्रत अन्य पुण्य कर्महरु भन्दा ठुलो मानिन्छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ०८ बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको