विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख थपिए, २३ लाख निको | Khabarhub Khabarhub

विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख थपिए, २३ लाख निको

१० हजार ३७० संक्रमितको मृत्यु


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख ७३ हजार जना कोरोना संक्र्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४० करोड ८६ लाख पुगेको छ ।

थपिनेमा जर्मनीमा २ लाख २९ हजार, रुसमा २ लाख ३ हजार, ब्राजिलमा एक लाख ६६ हजार, फ्रान्समा एक लाख ३१ हजार, अमेरिकामा एक लाख १० हजार, टर्कीमा ९५ हजार र बेलायतमा ५८ हजार थपिएका छन् ।

पछिल्लो एक दिनमा २३ लाख ६८ हजार जना संक्रमणमुक्त भएका छन् भने १० हजार ३७० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३७७, ब्राजिलमा एक हजार १२१, रुसमा ७२२, फ्रान्समा ३२९, टर्कीमा २५३, जर्मनीमा २१५ र बेलायतमा १९३ जना छन् ।

निको हुनेमा सबैभन्दा धेरै फ्रान्समा ३ लाख ८९ हजार, बेलायतमा एक लाख ६१ हजार, ब्राजिलमा एक लाख २१ हजार, रुसमा एक लाख १२ हजार, जर्मनीमा एक लाख १० हजार र टर्कीमा ८५ हजार छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : २२ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस