देउमाई गोल्डपकप फुटबल फागुन पहिलो सातादेखि « Khabarhub

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो सातादेखि


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इलाम – जिल्लाको देउमाई नगरपालिकाको मङगलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्येश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ । युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय १६ युवाको सक्रियतामा दुई महिना अघि मात्र क्लब स्थापना भएको हो । भानुभक्त माविको छात्राबास खेल मैदानमा सो प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ क्लब तथा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसी बेलबारी र फिदिम स्पोर्टीङ्ग क्लब पाँचथरको सहभागिता रहने अध्यक्ष लिम्बूले बताए।

नेपाल आइसको मुख्य प्रायोजन रहेको उक्त गोल्डकपको प्रथम पुरस्कार उसले नै प्रदान गर्नेछ । करिब रु २० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि हालसम्म रु पाँच लाख ५० हजार संकलन भएको बताइएको छ । देउमाई नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । देउमाई नगरपालिका वडा नम्बर ५ ले रु ५० हजार तथा वडा नम्बर ४ ले रु ३० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ५० बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा