नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान « Khabarhub

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।

निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २:५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३:१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।

निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  २ : ५९ बजे

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ