भण्डारणस्थल बन्यो सहिद समाधिस्थल « Khabarhub

भण्डारणस्थल बन्यो सहिद समाधिस्थल


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–सहिद मनोज जोशीको समाधिस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पतालचोक निर्माण सामग्री भण्डारणस्थल बनेको छ । स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्कीलगायत निर्माण सामग्री भण्डारण गर्ने गरेका हुन् ।

सहिद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल बनाएको विषयमा अहिलेसम्म कसैको चासो गएको छैन । सहिद व्यक्तिगत स्वार्थबिना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

यद्यपि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका सहिद जोशीको समाधि तथा शालिक राखिएको क्षेत्रमा निर्माण सामग्री राखेर सहिदहरूप्रति नै अपमान गरेको पाइएको छ । सहिद जोशीको समाधि तथा शालिक सुरक्षित गर्न लगाइएको घेराबार प्रवेश गर्ने ढोकाको साँचो तथा चाबीसमेत व्यापारी खड्कासँगै रहेको पाइएको छ ।

सहिद जोशीको समाधि तथा शालिक राखिएको ठाउँ हडपेर जथाभावी व्यापारिक प्रयोजनका सामग्री राखिएको विषयलाई लिएर परिवारले भने दुःख व्यक्त गर्दै आएका छन् । ‘सहिद मनोज जोशीको शालिक तथा समाधिस्थल बेवारिसे अवस्थामा छ’, सहिद जोशीका परिवारले भन्यो, ‘यसको रेखदेख गर्ने सम्पूर्ण जिम्मा सहिद मनोज जोशी स्मृति प्रतिष्ठानले लिएको छ । जथाभावी भण्डारण गरिएका सामग्री हटाउन पटक–पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ भएको छैन ।’

सहिद जोशीको समाधि तथा शालिक वरपर राखिएका निर्माण सामग्री तत्काल हटाउन लगाइने सहिद मनोज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए । ‘सहिद जोशीको शालिक राखिएको ठाउँभन्दा बाहिरी भागमा पर्ने खाली जग्गा वार्षिक रु एक लाख ५० हजार भाडामा लगाएका हौँ’, उनले भने, ‘घेराबारभित्रसमेत व्यापारिक सामग्री राखिएको पाइएकाले तत्काल हटाउन आग्रह गरेका छौँ ।’

सहिद जोशीलाई विसं २०४८ साउन १५ गते प्रहरीले हानेर हत्या गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौताअनुसारको सेवा–सुविधा नदिइएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले गोली हानेको हो ।

विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जाने क्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर जोशीको मृत्यु भएको घटनाका प्रत्यक्षदर्शी एवं नेकपा (माओवादी केन्द्र)का नेता सुमन श्रेष्ठले बताए । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा सहिद ‘मनोज हत्याकाण्ड’का रूपमा चिन्ने गरिन्छ ।

कर्मचारी आन्दोलनका क्रममा हत्या गरिएका जोशीलाई सरकारले २६ वर्षपछि विसं २०७४ माघ २२ गते सहिद घोषणा गरेको थियो । उसबेला आक्रोशित भीडले जिल्लास्थित केही सरकारी कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएर घाँस खुवाउनेलगायत दुर्व्यवहारसमेत गरेका थिए ।

सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी १३ कर्मचारी जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोलीकाण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

बुवा नारायणप्रसाद र आमा अम्बिका जोशीको कान्छो छोरा मनोज जोशी विसं २०३० असोज २३ गते दिक्तेल बजारमा जन्मिएका थिए । वास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित सहिद मनोज जोशी इन्द्रेणी सांस्कृतिक समाज दिक्तेल तथा युवा सङ्गठनमा आवद्ध थिए ।

सामाजिक काममा क्रियाशील जोशी जिल्लाका एक कुशल खेलाडीका रूपमा समेत परिचित थिए । सरकारले मनोज जोशीलाई सहिद घोषणा गरे पनि स्मृति दिवसमा बाहेक खासै सम्झने गरिएको छैन ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ४५ बजे

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन