ए डिभिजन लिगः मछिन्द्र र सातदोबाटोको जित « Khabarhub

ए डिभिजन लिगः मछिन्द्र र सातदोबाटोको जित


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मछिन्द्र क्लबले जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्बललाई २–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगर र सुनिल बलले १–१ गोल गरेका थिए ।

विमलले खेलको १७ औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि १७ औँ मिनेटमा सुनिलले गोल गरी अग्रतालाई दोब्बर पारेका थिए ।

दोश्रो हाफमा भने कुनै गोल हुन सकेन । यो जितसँगै मछिन्द्र १० खेलमा २६ अंकका साथ शीर्ष स्थानमा छ । च्यासल भने ५ अंकका साथ अन्तिममा रहेको छ ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको छ ।

१९ औँ मिनेटमा आकाश बुढामगरले पेनाल्टीमार्फत् गरेको गोल नै सातदोबाटोलाई जित दिलाएको थियो ।

यो जितसँगै सातदोबाटो १० खेलमा १५ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । पुलिस भने १० अंकका साथ १० औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ५९ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको