ए डिभिजन लिगः मछिन्द्र र सातदोबाटोको जित « Khabarhub

ए डिभिजन लिगः मछिन्द्र र सातदोबाटोको जित


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मछिन्द्र क्लबले जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्बललाई २–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगर र सुनिल बलले १–१ गोल गरेका थिए ।

विमलले खेलको १७ औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि १७ औँ मिनेटमा सुनिलले गोल गरी अग्रतालाई दोब्बर पारेका थिए ।

दोश्रो हाफमा भने कुनै गोल हुन सकेन । यो जितसँगै मछिन्द्र १० खेलमा २६ अंकका साथ शीर्ष स्थानमा छ । च्यासल भने ५ अंकका साथ अन्तिममा रहेको छ ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको छ ।

१९ औँ मिनेटमा आकाश बुढामगरले पेनाल्टीमार्फत् गरेको गोल नै सातदोबाटोलाई जित दिलाएको थियो ।

यो जितसँगै सातदोबाटो १० खेलमा १५ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । पुलिस भने १० अंकका साथ १० औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ५९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट