एमसीसीका विषयमा शीर्ष नेताहरूबीच सहमति जुटेन « Khabarhub

एमसीसीका विषयमा शीर्ष नेताहरूबीच सहमति जुटेन


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीका विषयमा सहमति जुटाउन बसेको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

शनिबार एमसीसीमा केन्द्रित भएर प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले फागुन २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव पेश गर्ने बताएका थिए । तर, अध्यक्षद्वय दाहाल र नेपालले एमसीसी अहिले अगाडि नबढाउन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसीसीलाई लिएर गठबन्धनका शीर्ष नेताहरूले फरक–फरक धारणा राख्दै आएका छन् । दाहाल र नेपालले संशोधन गरेर मात्र एमसीसी अघि बढाउनुपर्ने जिकिर गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ०३ बजे

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन

भाले मयूरको नाच (तस्बिरहरू) 

काठमाडौँ– मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ । फेब्रुअरीदेखि

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित