पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान « Khabarhub

पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् ।

पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्‍याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ ।

उनले भने, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख कटान गर्ने कार्य रोकिएको हो ।” पृथ्वीराजमार्गअन्तर्गत कास्कीमा पर्ने सडकको दायाँबायाँका पूरै रूख कटान गर्न बाँकी रहेको जनाइएको छ ।

वन कार्यालयसँग सम्झौता गरिसकिएकाले केही दिनभित्रै कटान कार्यलाई अघि बढाउने तयारी भइरहेको उनले बताए । शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स–साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य सम्पन्न भएको छ ।
त्यसैगरी मर्मतसम्भारअन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी पछिल्लो समय सडको रुट तय गर्ने र समयसमयमा मर्मत गर्नुपर्ने कार्यलाई निरन्तरता दिइँदै आएको उनले जानकारी दिए । जिल्लाको खैरेनीटारदेखि पोखराको सेतीनदीसम्म (ठूला बजार) क्षेत्रमा ४६ मिटर, सडक फिलिङ गर्नुपर्ने क्षेत्रमा २३ मिटर र फराकिलो बनाउन कटिङ गर्न नमिल्ने क्षेत्रमा १८ मिटर सडक कायम गरिएको छ ।

जामुनेबाट कुम्लेखोला पुलसम्म करिब दश किलोमिटर सडकको डिजाइन गरी ठेकेदारले सुपरभिजन कन्सल्टेन्सलाई बुझाइएको कन्सल्टेन्सका रेजिडेन्ट इन्जिनियर कमल शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ४५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट