मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल « Khabarhub

मुलुकको अर्थतन्त्रका बारेमा पूर्वअर्थमन्त्री फोरममा छलफल


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।

पूर्वअर्थमन्त्री फोरमको बैठक आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो ।

बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए ।

बैठकमा विप्रेषण बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी, उद्यमशीलताको विकास गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयमा बृहत् छलफल भएको सिबिफिनले जनाएको छ ।

बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ३० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि