सर्लाहीमा अवैध सालको गोलिया बरामद « Khabarhub

सर्लाहीमा अवैध सालको गोलिया बरामद


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमतीस्थित लहरी घारीबाट लुकाई छिपाई राखेको सात थान सालको गोलिया बरामद भएको छ ।

शनिबार शव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका–२, हरिवन खोला किनारबाट ४० क्यूफिट सालको गोलिया बरामद गरेको हो । सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट सान थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले बताए ।

बरामद सालको गोलिया मूर्तिया वन कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरेको बन कार्यालयका जमदार पाख्रिनले जानकारी दिए । सालको गोलिया तस्करको भने पहिचान हुन बाँकी रहेको बन कार्यालयले जनाएको हो । गोलिया कसले लुकाएको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय लालबन्दीले उल्लेख गरेको छ ।

सरकारी मुल्य अनुसार झण्डै एक लाख ६० हजार बराबर मुल्य रहेको उक्त गोलियाको मूल्य बजारमा अझै बढी रहेको बन कार्यालयका कर्मचारीको भनाई छ ।

जिल्लाका सामुदायिक तथा साझेदारी बन क्षेत्रबाट पछिल्लो समय सालका गोलिया अत्यधिक तस्करी हुने गरेको स्थानीयको भनाई छ । जिल्लाको घुर्कौली, जानकीनगर लगायत वनक्षेत्र तस्करहरूको निसानामा पर्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ५९ बजे

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु

ललितपुर– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७