सर्लाहीमा अवैध सालको गोलिया बरामद « Khabarhub

सर्लाहीमा अवैध सालको गोलिया बरामद


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमतीस्थित लहरी घारीबाट लुकाई छिपाई राखेको सात थान सालको गोलिया बरामद भएको छ ।

शनिबार शव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका–२, हरिवन खोला किनारबाट ४० क्यूफिट सालको गोलिया बरामद गरेको हो । सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट सान थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले बताए ।

बरामद सालको गोलिया मूर्तिया वन कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरेको बन कार्यालयका जमदार पाख्रिनले जानकारी दिए । सालको गोलिया तस्करको भने पहिचान हुन बाँकी रहेको बन कार्यालयले जनाएको हो । गोलिया कसले लुकाएको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय लालबन्दीले उल्लेख गरेको छ ।

सरकारी मुल्य अनुसार झण्डै एक लाख ६० हजार बराबर मुल्य रहेको उक्त गोलियाको मूल्य बजारमा अझै बढी रहेको बन कार्यालयका कर्मचारीको भनाई छ ।

जिल्लाका सामुदायिक तथा साझेदारी बन क्षेत्रबाट पछिल्लो समय सालका गोलिया अत्यधिक तस्करी हुने गरेको स्थानीयको भनाई छ । जिल्लाको घुर्कौली, जानकीनगर लगायत वनक्षेत्र तस्करहरूको निसानामा पर्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ५९ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष